+
+
Shares

नेकपाको विवादले देश अस्तव्यस्त भयो : महन्थ ठाकुर

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २९ गते १९:०३

२९ मंसिर, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले सत्तारुढ नेकपाको आन्तरिक किचलो कारण मुलुक सही दिसामा अघि बढ्न नसकिरहेको बताएका छन् ।

महोत्तरीको मनरा सिस्वा नगरपालिका १० स्थित मधवा पोखरी सौन्दर्यीकरण योजनाको सोमबार शिलान्यास गर्दै अध्यक्ष ठाकुरले नेकपाको आन्तरिक किचलोका कारण देश बर्बाद हुन लागेको बताए ।

कोरोना भाइरसका कारण मुलुक अस्तव्यस्त बनिसकेको अवस्थामा पनि नेकपाभित्रको आन्तरिक किचलोले देश झन् अस्तव्यस्त भइरहेको उनको भनाइ छ ।

‘अहिले शिक्षा, स्वास्थ्य, व्यवसाय सबै धाराशायी बनिसकेको छ । नेकपाले यसमा ध्यान दिनुपर्नेमा आन्तरिक विवादमै मस्त छ’ अध्यक्ष ठाकुरले भने, ‘उनीहरुकै विवादले देश बन्धक बनिसकेको छ ।’

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकार प्रदेश २ सरकारसँग सौताको व्यवहार गरिरहेको आरोप लगाए । ‘बजेटको बाँटफाँटलगायतको विषयमा संघीय सरकार सौताको व्यवहार गर्दै आएको छ’ उनले भने ।

प्रदेश सरकार सीमित स्रोत साधनका बीच विकास निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाएको बताउँदै राउतले अधिकार सहितको संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार संघ सरकारमाथि एक पछि अर्को मुद्दा दिँदै कानूनी लडाईं लडिरहेको बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?