+
+
Shares

सरकारले मुलुकको स्वतन्त्रतामाथि असर पार्ने गतिविधि गरिरहेको छ : महन्थ ठाकुर

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १५:३५

९ असार, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको आरोप लगाएका छन् ।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारले वाह्य मुलुकको हित हुने खालको काम गरिरहेकाले उनीहरू खुसी भएको पनि सांसद ठाकुरको जिकिर थियो ।

उनले सरकारले नेपाली जनताको नभई अन्य मुलुकको हित हुनेगरी काम गरिरहेको पनि बताए।

सरकारको प्राथमिकतामा देश र जनता नरहेको सांसद ठाकुरको बुझाइ थियो ।

उनले भने,‘जुन राज्य छ । यो ननफङ्सनिङ हो । जनताको हातमा त केही छैन । सबै सकियो । हाम्रो स्वतन्तत्रतामाथि नै असर परिरहेको छ । किनकि बाहिरका मानिसले सबै चिज कब्जा गरिहाले । र उनीहरूको चित्त बुझाउने गरी सारा काम भइरहेको छ ।’

सांसद ठाकुरले सरकारको कारण मुलुक वाह्य मुलुकहरूको कब्जामा गएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?