+
+
Shares

विदेशिएका नेता र व्यवसायीलाई महन्थको आग्रह– देश फर्कनुस्

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले विदेशमा रहेका नेता तथा व्यवसायीहरूलाई पलायन छोडेर स्वदेश फर्कन आह्वान गर्नुभयो।
  • ठाकुरले नयाँ राजनीतिक परिस्थितिमा अब बाहिर बस्नुपर्ने अवस्था नरहेको र तीन प्रमुख दलबीच सहकार्यको वातावरण बनेको बताउनुभयो।
  • उनले राजनीतिक दमन र कारागार जीवनको स्मरण गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित हेर्नुपर्नेमा जोड दिनुभयो।

६ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई पलायनको बाटो छोडेर स्वदेश फर्कन आह्वान गरेका छन् ।

बुधबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मुलुकमा नयाँ राजनीतिक परिस्थितिको विकास भइरहेकाले अब बाहिर बस्नुपर्ने अवस्था नरहेको बताए ।

बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष ठाकुरले तीन प्रमुख राजनीतिक दलहरूबीच सहकार्यको वातावरण बनेको चर्चा गर्दै अब सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ठाकुरले विगतमा आफूहरूले भोगेको राजनीतिक दमन र कारागार जीवनको स्मरण गर्दै वर्तमान राजनीतिक नेतृत्वलाई चेतावनीपूर्ण शैलीमा सचेत पनि गराए ।

‘अब बाहिर रहने अवस्था छैन, पलायन छोडेर आफ्नो भूमिमा आउनुहोस्, हामी स्वागत गर्छौं,’ उनले भने, ‘हामीले जनताका लागि राजनीति गरेका हौँ भने व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्छ । पहिले समूह र जनताको हित हेर्नुस्, त्यसपछि मात्र व्यक्तिगत लाभका कुरा आउँछन् ।’

राजनीतिक नैतिकताको चर्चा गर्दै ठाकुरले राजनीति विशुद्ध रूपमा जनताको सेवाका लागि हुनुपर्नेमा उनको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?