News Summary
Generated by OK AI. Editorially reviewed.- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राजनीतिलाई ‘डर्टी गेम’को संज्ञा दिँदै सत्ता प्राप्तिका लागि अष्टावक्रझैं टेढा–मेढा बाटो पार गर्नुपर्ने बताएका छन् ।
- अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले राजनीति सहज बाटोबाट अघि बढ्ने विषय नभएको र यसमा अनेकौं चुनौती सामना गर्नुपर्ने उल्लेख गरे ।
- राजनीतिमा टिकिरहन र नेतृत्वसम्म पुग्नका लागि सहज बाटोमात्र पर्याप्त नहुने धारणा उनले राखेका छन् ।
२३ साउन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्ने विषय नभएको बताएका छन् ।
शनिबार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै सत्ता र नेतृत्वमा पुग्नका लागी राजनीतिमा अनेक गतिविधि हुने गरेको उनले बताए ।
राजनीतिलाई ‘डर्टी गेम’को संज्ञा दिँदै उनले सत्ता प्राप्तिका लागि अष्टावक्रझैं ‘टेढा–मेढा बाटो’ पार गर्नुपर्ने बताए ।
‘राजनीतिमा जो कोही पनि सधैँ सहज र सरल बाटोबाट अगाडि बढ्न सक्दैन । राजनीति आफैंमा एउटा ‘डर्टी गेम’ हो,’ उनले भने, ‘यसमा अष्टावक्रझैं टेढा–मेढा बाटाहरू पार गर्दै अनेकौं चुनौती र कठिनाइको सामना गर्दै सत्ता र नेतृत्वसम्म पुग्नुपर्ने अवस्था आउँछ ।’
राजनीतिमा टिकिरहन र अगाडि बढ्न सहज बाटो मात्रै पर्याप्त नहुने धारणा उनले राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4