+
+
WC Series
विराटनगर किंग्स 2025
126/10 (16.5)
VS
Chitwan won by 48 runs
Won चितवन राइनोज 2025
174/5 (20)
Shares

अध्यादेश ल्याउनु स्वेच्छाचारिताको अभ्यास : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३० गते १६:५०

३० मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले मुलुकलाई स्वच्छेचारितातर्फ धकल्ने बताएका छन् ।

राष्ट्रपति कार्यालयबाट संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी भए लगत्तै यादवले यस्तो प्रतिक्रिया दिएका हुन् । अनलाइनखबरसँग उनले भने, ‘सरकारको यो निर्णयले विधि र प्रक्रियामा अनुसार चल्नुपर्नेमा मुलुकलाई स्वच्छेचारितातर्फ डोर्‍याएको छ ।’

राष्ट्रिय आवश्यकताको आधारमा मात्रै अध्यादेश ल्याउनु पर्ने अध्यक्ष यादवको भनाइ छ । ‘अध्यादेश राष्ट्रिय दलहरूको सहमतिको आधारमा ल्याउनु पर्ने हो, राष्ट्रपति कार्यालयले त्यसलाई औपचारिकता मात्रै दिने हो,’ उनी भन्छन्, ‘राष्ट्रपतिज्यूले पनि मुलुकको राष्ट्रपति भएर सोच्नु पर्दछ ।’

व्यवस्थापिकामार्फत गर्नुपर्ने सार्वभौमसत्ताको अभ्यास कार्यपालिकामार्फत गर्न नहुनेमा उनको जोड छ । उनी शक्ति सन्तुलनकै लागि संवैधानिक परिषद्मा सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दल नेता रहने व्यवस्था गरिएको बताउँछन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादव भन्छन्, ‘सभामुख बैठकमा आएनन् भनेर अध्यादेश ल्याउनु गलत हो, किनभने समझदारीको विकल्प अध्यादेश हुनै सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?