Comments Add Comment

संसद विघटनविरुद्ध प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन

१४ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

६ प्रदेशमा जिल्ला जिल्लामा प्रदर्शन गरेको यो समूहले बागमती प्रदेशमा भने राजधानीमा मात्र प्रदर्शन गरेको थियो । शक्ति प्रदर्शन मानिएको प्रदर्शनका लागि प्रदेशका विभिन्न जिल्लाहरुबाट समेत कार्यकर्ता ल्याइएको थियो ।

राजधानीको विभिन्न स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डपमा आएर आमसभामा परिणत भएको थियो ।

प्रदर्शनमार्गस्थित सडकमै मञ्च बनाइएको थियो भने पुतलीसडकसम्म प्रदर्शनमा सहभागी नेता कार्यकर्ता बसको थिए । विरोध सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका साथै वरिष्ठ नेता झलनाथ खनाल र बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यले सम्बोधन गरेकी थिइन् ।

कार्यक्रम सञ्चालक समेत रहेका नेता योगेश भट्टराईले प्रदर्शन उत्साहजनक रहेको बताए । ‘दुईतीन दिनको तयारीमा देशभर जुन स्तरको सहभागिता भयो, त्यो निकै उत्साहजनक छ’ भट्टराईले अनलाइनखबरसँग भनेका छन् ।

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment