+
+
Shares

लिम्बुवान आन्दोलनको पोल खोल्ने उपन्यास ‘खाम्योक’ को धरानमा चर्चा

प्रदिप मेन्याङ्बो प्रदिप मेन्याङ्बो
२०८३ असोज १८ गते १३:०९

१७ असोज, सुनसरी । जानु काम्बाङको पछिल्लो आख्यान कृति ‘खाम्योक’ को धरानमा परिचर्चा भएको छ ।काम्बाङ लामो समयदेखि बेलायत र हङकङमा बस्दै आएकी छिन् । उनी नियात्रा, कथा र गीतमा स्थापित छिन्।

लिम्बू पत्रकार संघ सुनसरीद्धारा आयोजित परिचर्चामा प्रा.डा. इन्दिरा मिश्र, अग्रज सहित्यकार बम देवान, लेखक भवानी बराल, डा. अस्मिता विष्टले आख्यानकार काम्बाङको नविन कृतिमाथि चर्चा गरेका थिए।

समालोचक प्रा.डा. मिश्रले खाम्योक उपन्यास याक्थुङ लिम्बू पहिचान, सौन्दर्यबोध र चेतनाको ऐतिहासिक दस्तावेज मात्र नभएर समग्र नेपालीको बाध्यताको कहानी पनि भएको बताइन्।

उनले एउटी महिला लेखिका भएर पनि उपन्यासलाई पुरुषको दृष्टिकोणबाट कथालाई अगाडि बनाएर निरपेक्ष साहस गरेको बताइन् । ‘अधिकांश नेपाली महिलाहरूले लेखेका कृतिमा बढीजसो महिलाकै पिडा, समस्या, अधिकारलाई मुखरित गरेको पाइन्छ’ मिश्राले भनिन्, ‘तर यो खाम्योकका लेखिका स्वयम् महिला भएर पनि निरपेक्ष भएर पुरुष दृष्टिकोणबाट महिलाको पिडालाई विभिन्न विम्ब र प्रतिकमार्फत देखाएकी छिन् ।’

अर्का समालोचक सहप्राध्यापक डा. अस्मिता विष्टले नेपाली साहित्यको फाँटमा जानु काम्बाङ एक सिद्धस्त र पृथक पहिचान निर्माण गरिसकेको लोभलाग्दो हस्ताक्षर भएको बताइन्।

अग्रज साहित्यकार बम देवानले जानु काम्बाङको कविता संग्रह ‘शिविरमा इश्वर’, ‘नउघ्रेको जुन’ कथा संग्रह, ‘अनुभव’, ‘जानु,’ र ‘आंशुको लय’ गीत संग्रह, ‘फ्लाण्डर्स फिल्डमा तमोरको सुसेली’ नियात्रा संग्रह पछि यो उनको पछिल्लो कृति भएको बताए।

याक्थुङ लिम्बू भाषामा खाम्योक शब्दको अर्थ माटोको पाइला हो । लिम्बुवानी आन्दोलनका विष्लेशक भवानी बरालले उपन्यासको प्रमुख पात्र खाम्योकमार्फत याक्थुङ लिम्बू पहिचान र सांस्कृतिक संघर्षलाई मर्मस्पर्शीरुपमा चित्रण गरेको बताए।

नेपालीहरू विश्वको जुनसुकै मुलुकमा पुग्दा मनमा मातृभूमि नै बोकेर हिंड्ने गरेको लेखिका जानु काम्बाङले बताइन् । देशको विकास र उन्नतिका लागि सकेको सहयोग गर्न तत्पर रहनेक्रममा छाक काटेर उठाएका पैसाहरू देश भित्रिएपछि कमै मात्र सही सदुपयोग हुने गरेको उनको भनाइ छ । यही यथार्थ अनुभवलाई उपन्यासमा उतार्ने प्रयास गरेको काम्बाङले बताइन् ।

लेखक
प्रदिप मेन्याङ्बो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?