Comments Add Comment

सैनिक सवार गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२२ पुस, काठमाडौं । नेपाली सेनाको सूर्य दल गण, बिराटनगरबाट अदली बदलीका लागि निस्किएको गाडीले सप्तरीमा मोटरसाइकललाई ठक्कर दिएको छ ।

घटनामा स ५ प ५०७६ नम्बरको मोटरसाइकलका चालक सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ बस्ने ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारुको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका डीएसपी भुवनेश्वरप्रसाद शाहका अनुसार बिराटनगरबाट भैरवादल गण, ललितपुरका लागि ३२ जना सैनिक लिएर हिँडेको बा १ ग १९८१ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चौधरी गम्भिर घाइते भएका थिए । लगत्तै उपचारका लागि गजेन्द्र नारायणसिंह अस्पताल, राजविराज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको शाहले बताए ।

उनका अनुसार सैनिक गाडी र चालक प्रहरी नियन्त्रणमा छन् । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment