+
+
Shares

‘भारत बायोटेकको कोभिड–१९ खोप नेपालमा क्लिनिकल परीक्षण’

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २२ गते १८:१५

२२ पुस, काठमाडौं । कोभिड–१९ को खोप आपतकालीन प्रयोगका लागि अनुमति पाएको भारत बायोटेकले नेपालमा क्लिनिकल परीक्षणको तयारी भइरहेको बताएको छ ।

भारतको हैदरावादमा रहेको सो कम्पनीले केही दिन अगाडि मात्रै आपतकालीन प्रयोगका लागि अनुमति पाएको थियो ।

हैदरावादमा आयोजना भएको एक भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै सो कम्पनीका संस्थापक तथा अध्यक्ष कृष्ण इलाले सो जानकारी दिएका हुन् ।

सो कार्यक्रममा उनले भारत बायोटेक कम्पनीले भारतमा मात्र क्लिनिकल परीक्षण नगरी विभिन्न देशमा गरिरहेको जानकारी दिए ।

उनले भने,‘हामीले वेलायतसहित १२ भन्दा बढी मुलुकहरुमा परीक्षण गरीसकेका छौं । हामी पाकिस्तान, नेपाल, बंगलादेश र अन्य मुलुकमा परीक्षण गर्दैछौं । हामी भारतीय मात्र कम्पनी होइनौं, हामी विश्वव्यापी कम्पनी हौं ।’

उनले आफ्नो कम्पनी डाटा पारदर्शीतामा विशेष ध्यान दिएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?