
२८ भदौ, काठमाडौं । नयाँ सरकार गठन भएसँगै देशभर जनजीवन सामान्य बन्न थालेको छ ।
आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा पनि हटेको छ । ललितपुर र भक्तपुरमा भने कायमै छ ।
आम नागरिक आफ्नो पेसा व्यवसायमा फर्किएका छन् । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ ।
गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्र चलेका सवारी साधन आज शनिबार बिहानदेखि बाक्लो संख्यामा चलेका छन् ।
भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।
आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ ।
मध्यावधि चुनाव फागुन २१ गते तोकिएको छ ।
प्रतिक्रिया 4