Comments Add Comment

अमेरिकी सिनेटमा पनि बहुमतको दिशामा बाइडन

२२ पुस, काठमाडौं । अमेरिकी संसदको माथिल्लो सदन सिनेटका लागि भएको निर्वाचनमा पनि राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडनको डेमोक्रेटिक पार्टी आफ्नो नियन्त्रण कायम गर्ने दिशामा देखिएको छ । अहिलेसम्मको नतिजा अनुसार सिनेटमा अहिलेसम्म सिनेटमा रिपब्लिकन पार्टीका सांसदको संख्या ५० पुगेको छ भने डेमोक्रेट सांसदको संख्या ४९ पुगेको छ ।

जर्जियामा दुई सिटका लागि मंगलबार भएको निर्वाचनमा एक सिटमा एटलान्टाबाट राफेल वार्नोक विजयी हुने प्रक्षेपण गरिएको छ । जर्जियाको अर्को सिटमा अनुमाति ९८ प्रतिशत मतगणना सकिँदा डेमोक्रेटिक पार्टीका जोन ओसोफ रिपब्लिकनका डेभिड पड्र्युभन्दा झिनो अन्तरले अगाडि छन् । उनले विपक्षी उम्मेदवारमाथि १६ हजार मतको अग्रता लिएका छन् ।

यदि ओसोफले जित हात पारे अमेरिकाको सिनेटमा ५० सांसद डेमोक्रेट र ५० रिपब्लिकन सांसद रहनेछन् । यस्तोमा उपराष्ट्रपति कमला ह्यारिसले टाइ–ब्रेकिङको अधिकार पाउँदा सिनेटमा डेमोक्रेटको बहुमत पुग्नेछ । अमेरिकाको संसद्को तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्समा डेमोक्रेटले बहुमत पाइसकेको छ ।

सिनेटमा पनि डेमोक्रेटिक पार्टीले नियन्त्रण कायम गरे नवनिर्वाचित राष्ट्रपति जो बाइडनलाई आफ्नो नीति अमेरिकामा लागू गराउन सहज हुनेछ । केही समयअघि कोरोना राहत बढाउने प्रस्ताव सिनेटमा रिपब्लिकनको नियन्त्रण रहेको कारण अस्वीकृत भएको थियो । त्यसैले अमेरिकाको दुवै संसद्मा आफ्नो पार्टीको नियन्त्रण हुनु राष्ट्रपतिको लागि सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment