+
+
Shares

विदेशी डिजाइनमा धर्म निरपेक्षता र संघीयता : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २२ गते १८:२७
फाइल तस्वीर

२२ पुस, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले विदेशीहरुको डिजाइन अनुसार नेपाललाई धार्मिक सांस्कृतिक उपनिवेश बनाउन धर्म निरपेक्षता लादिएको दाबी गरेका छन् ।

हेटौंडामा बुधबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री थापाले ०६२/६३ को आन्दोलनमा विदेशीको प्रभाव, प्रायोजन र लगानी रहेको भन्दै त्यो बाटोबाट मुलुक दुर्घटना हुने बुझेर आफू गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको स्पष्ट पारे।

विगत १४ वर्षको गलत अभ्यास र प्रयोगबाट वर्तमान व्यवस्था, प्रणाली र संविधानमाथि गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै थापाले संसद विघटनको घटनाबाट मुकुक थप जटिलतातर्फ फसेको बताए । अब यसलाई अवसरको रुपमा सदुपयोग गर्न त्रुटिपूर्ण मार्गचित्र सच्याउने हिम्मत र साहस आवश्यक भएको थापाको भनाइ थियो ।

जनतामा प्रश्न गर्दै उनले भने ‘क्रान्तिको नाममा बन्दुक बोक्न लगाउनेहरु आज कहाँ छन ?, बन्दुक बोक्नेहरु कहाँ छन ?’ थापाले लोकतन्त्रको नाममा ब्रम्हलुट भइरहेको भन्दै एक आपसमा सर्वसत्तावादीको आरोप प्रत्यारोप गर्ने कम्युनिस्टहरुको उत्पादन नै खराब बिउबाट भएका बताए ।

हिजो राम्रो बिउ रोप्न नसकेका कारण आज फल खराब फलेको भन्दै थापाले धतुरो रोपेर कहिले आँप नफल्ने बताए ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?