फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपा नेता कमल थापाले बागमती प्रदेशका तीन सांसदलाई पदमुक्त गर्न पठाइएको पत्र फेक हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
- उनले ४ भदौपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक नबसेको र पत्रमा बैठक मिति उल्लेख नभएकाले शंका लागेको बताए ।
- थापाले ८ भदौको राजेन्द्र लिङ्देन हस्ताक्षर रहेको पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट भएको जनाए ।
९ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बागमती प्रदेशका तीन सांसदलाई पदमुक्तका लागि पठाइएको पत्र फेक हुन सक्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा तीन सांसदलाई गरिएको कारबाही पत्र पोस्ट गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।
८ भदौमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको हस्ताक्षर रहेको उक्त पदमुक्त सम्बन्धी पत्रबारे नेता थापाले यस्तो आशंका व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, ‘गत भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक बसेको छैन । यस्तो अवस्थामा यो निर्णय कसरी आयो, म आश्चर्यचकित भएको छु । यो पत्रमा कुन मितिमा बैठक बसेको हो भन्ने उल्लेख नभएको हुँदा ‘फेक’ हो कि भन्ने पनि लाग्छ । यो सत्य नहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4