+
+
Shares

‘हिन्दू राष्ट्र बनाउन तयार भए रास्वपालाई राप्रपाले दुई तिहाइ पुर्‍याउन सहयोग गर्छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि आफ्ना सांसदले सहयोग गर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि दुईतिहाइ सिट सहयोग गर्ने बताएका छन्।
  • थापाले बालेन शाह नेतृत्वको सरकारलाई दुईतिहाइ बहुमत पुर्‍याउन २ सिट कम भएको र रास्वपाले हिन्दू राष्ट्र बनाउने संविधान संशोधनमा सहयोग पाउने बताए।
  • उनले भने, 'यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दू राष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदहरूको पूर्ण सहयोग रहने छ।'

२८ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि आफ्ना सांसदले सहयोग गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले प्रतिनिधिसभामा दुई तिहाइ बहुमत पुर्‍याउनका लागि रास्वपासँग शर्त राखेका हुन् ।

रास्वपालाई एकल दुई तिहाइ पुर्‍याउन २ सिट कम भएको छ ।

‘रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम छ,’ उनले लेखेका छन्, ‘यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दू राष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदहरूको पूर्ण सहयोग रहने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?