१४ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बालेन सरकार प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको टिप्पणी गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेपछि उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् यस्तो टिप्पणी गरेका हुन् ।
‘सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ,’ थापाले लेखेका छन्, ‘वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन ।’
पूर्वमन्त्री थापाले सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त भएको स्मरण गराएका छन् ।
प्रहरीले शनिबार बिहानै पूर्व गृहमन्त्री लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरेको थियो । पछि पूर्वप्रधानमन्त्री ओली भक्तपुरकै गुण्डुस्थित निवासबाट पक्राउ परेका थिए ।
प्रतिक्रिया 4