Comments Add Comment

किम जोङ उनले पाए नयाँ उपाधि, न्युक्लियर कार्यक्रम अघि बढाउने घोषणा

२८ पुस, काठमाडौं । उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीले किम जोङ उनलाई पार्टीको महासचिवमा चयन गरेको छ । उत्तर कोरियाको सञ्चारमाध्यमले दिएको जानकारीअनुसार आइतबार किमलाई सर्वसम्मतरुपमा पार्टीको महासचिवमा चयन गरिएको हो । किम जोङ उन यसअघि नै पार्टीको शीर्ष अधिकारी थिए । महासचिव वर्कर्स पार्टीको सबैभन्दा ठूलो पद हो ।

यसअघि किमका बाबु र हजुरबाले पनि यो पद पाएका थिए । यससँगै उत्तर कोरियामा किमको अधिकार पनि बढ्नेछ । सन् २०१६ पछि पहिलोपटक बसेको पार्टीको यस किसिमको बैठकले आइतबार किमलाई महासचिव बनाएको हो ।

उक्त बैठकको क्रममा किमले उत्तर कोरियाले न्युक्लियर कार्यक्रमलाई अघि बढाउँदै जाने बताएका छन् । अमेरिकामा नयाँ नेतृत्व आउन केही समय मात्र बाँकी रहेको अवस्थामा उत्तर कोरियाले आफ्नो न्युक्लियर कार्यक्रम अघि बढाउने घोषणा गरेको हो । यससँगै अमेरिका र उत्तर कोरियाको तनाव बढ्न सक्ने आशंका गरिएको छ ।

आइतबारको बैठकमा किमले मुलुकको आर्थिक विकासको लक्ष्य पनि सार्वजनिक गरेका थिए । सन् २०११ मा आफ्ना पिताको निधनसँगै अन्तर्राष्ट्रिय विश्लेषकहरुले किम जोङ उनको क्षमतामाथि प्रश्न उठाएका थिए । तर, शुक्रबार ३७ वर्ष पुगेका किम जोङले उत्तर कोरियाको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी स्टेट अफेयर्स कमिसनका अध्यक्ष हुन् भने उत्तर कोरियाको १२ लाख सेनाको सुप्रिम कमाण्डर पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment