१ माघ, काठमाडौं । माउरिसिओ पोचेटिनोले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीको प्रशिक्षक बनेको दुई साता नबित्दै पहिलो उपाधि जितेका छन् ।
ट्रफी डेस च्याम्पियन्समा मार्सेलाई २-१ ले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो । टोटनहमका पूर्वप्रशिक्षक पोचेटिनो यही जनवरी पहिलो साता फ्रेन्च क्लबको प्रशिक्षक बनेको थियो ।
पीएसजीका लागि माउरो इकार्डी र नेमारले गोल गरे । मार्सेका डिमित्री पायटले एक गोल फर्काए ।
फ्रेन्च लिग विजेता र कप विजेता बीच ट्रफी डेज च्याम्पियनन्समा प्रतिस्पर्धा हुँदै आएको छ । पीएसजीले सर्वाधिक १०औं पटक यो उपाधि जितेको हो ।
पेरिसमा भएको खेलको ३९औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ८५औं मिनेटमा नेमारले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे मार्सेका पायटले ८९औं मिनेटमा गोल फर्काए ।
प्रतिक्रिया 4