Comments Add Comment

धरौटी बुझाएर छुटे भाइरल युवक अर्जुन 

१५ माघ, काठमाडौं । अनामनगरमा बच्चा बोकेर रिक्सा चलाएको तस्वीर सार्वजनिक भएपछि भाइरल भएका युवक अर्जुन विकलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । अपहरण तथा शरीर बन्धक गरी बालिकमाथि जबरजस्तीकरणी गरेको अभियोगमा अदालतले ५० हजार धरौटी लिएर छाड्न आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी प्रतिक विष्टका अनुसार विक धरौटी बुझाएर छुटिसकेका छन् । घोडाघोडी नगरपालिका-२, सानेपानी घर भएका अर्जुनलाई आफ्नै पत्नीलाई जबरजस्तीकरणी गरेको अभियोग थियो ।

अदालतबाट जारी वारेन्टका आधारमा काठमाडौंको तिनकुने क्षेत्रबाट उनी पक्राउ परेका थिए । विकले गत ३० साउनमा काठमाडौंको देवीनगरस्थित डेरामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप भनिएको थियो ।

ती बालिकालाई उनले आफ्नो श्रीमती बताउने गरेका थिए । तर, कानुनतः १८ वर्ष भन्दा मुनि सहमितमै शारीरिक सम्पर्क गरेमा पनि जबरजस्ती करणी मानिने भएकाले उनीविरुद्ध मुद्दा परेको थियो । बच्चा जन्माएपछि आफ्नो श्रीमती अरुसँगै पोइला गएको भन्दै उनले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment