Comments Add Comment

संसद भवन अगाडि प्रहरी र विद्यार्थीको धकेलाधकेल

१९ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहसम्वद्ध विद्यार्थीहरुले सोमबार नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।

फ्ल्यास मब नाम दिइएको प्रदर्शनका क्रममा आकस्मिक रुपमा जम्मा भएका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

मानिसहरुको समूह सार्वजनिक स्थानमा आकस्मिक रुपमा जम्मा हुनु र छोटो समयमा आफ्नो कला वा कलात्मक प्रदर्शन गर्नुलाई फ्ल्यास मब भन्ने गरिन्छ । टेलिकम्युनिकेसन, सामाजिक सञ्जाल वा इमेलमार्फत मानिसहरु एकैठाउँमा भेला हुन्छन् ।

संसद भवन अगाडि सडकमा भएको प्रदर्शनका क्रममा भने प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा केहीबेर सुरक्षाकर्मी र विद्यार्थीहरुबीच धकेलाधकेल भएको थियो भने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई पनि तत्काल छाडिएको बानेश्वर प्रहरीका डीएसपी दक्षबहादुर बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment