+
+
Shares

छात्रा मृत्यु प्रकरण : जावलाखेलमा विद्यार्थीहरुको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १९ गते १९:३१

१९ फागुन, काठमाडौं । ललितपुरको नख्खुदोबाटोमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि विद्यार्थीहरुले ललितपुरमा विरोध प्रदर्शन गरेका छन् ।

ठक्कर दिने चालकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले महानगरीय प्रहरी परिसर जावलाखेल अगाडिको सडकमा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।

ललितपुरको नख्खुदोबाटोमा आज बिहान स १ ज ५६७ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सिन्धुपाल्चोक घर भइ हाल ललितपुरको बागडोल बस्दै आएकी १९ वर्षीया अन्जु दाहालको मृत्यु भएको थियो । उनी कोटेश्वर बहुमुखी क्याम्पसकी छात्रा हुन् । उनी स्नातक तहमा अध्ययनरत थिइन् ।

घटनापछि क्याम्पसको पोशाकसहित जावलाखेलमा भेला भएका विद्यार्थीहरुले चालकको लापरवाहीले नै दुर्घटना भएको जिकीर गर्दै नाराबाजी गरे । उनीहरुले ‘दोषीलाई कारबाही गर’ लगायतका नारा लगाएका थिए ।

ललितपुर प्रहरीले जिपसहित चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?