+
+
Shares

सिमरामा ट्रकमा माइक्रोबस ठोक्किँदा चार जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १२:०३

१३ मंसिर, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ हुलास नजिकै वीरगञ्ज-पथलैया सडकखण्डमा ट्रकमा माइक्रोबस ठोक्किँदा ४ जना घाइते भएका छन् ।

वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत हुलास नजिकै प्र.२-०३-००१ ख ५३६० नम्बरको ट्रक ग्यारेजबाट मर्मत गरी जितपुरतर्फ जाने क्रममा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३-००१ ज ०९८५ नम्बरको माइक्रोबस ठोक्किएको थियो ।

आइतबार बिहान ९:४० बजे दुर्घटनामा परेको उक्त माइक्रकोबसमा चालकसहित १० जना सवार थिए । जसमध्ये चार जना घाइते भएको बारा प्रहरीले जनाएको छ ।

घाइते हुनेमा माइक्रोबसका चालक बाराको परवानीपुर गाउँपालिका-२ मुसहरीका २८ वर्षीय उत्तम साह, पर्साको वीरगञ्ज महानगरपालिका-१० घडिअर्वा पोखरीका ६७ वर्षीय राजेन्द्र महतो, दाङको तुलसीपुरका ३७ वर्षीय बुद्धि बस्नेत र वीरगञ्ज महानगरपालिका-१३ श्रीपुरकी ६९ वर्षीय सकुन्ताल पौडेल रहेका छन् ।

घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि सिमरास्थित इभर ग्रिन तराइ अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?