+
+
Shares

भारतको झारखण्डमा दुई गाडी ठोक्किँदा १३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते ९:११

१३ मंसिर, काठमाडौं । भारतको झारखण्ड राज्यको रामगढ जिल्लामा शनिबार राति भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।

राँची–पटना राजमार्गअन्तर्गत एनएच–३३ को पैंकी क्षेत्रमा स्कोर्पियो र अर्को एक गाडी राति करिब २ बजे ठोक्किएका थिए ।

दुर्घटनामा चार बालबालिका, चार महिला र पाँच पुरुष गरी १३ जनाको मृत्यु भएको रामगढ प्रहरीले पुष्टि गरेको छ ।

बिहारको नालन्दा जिल्लास्थित जांघारो गाउँका १४ जना स्कोर्पियोमा चढेर रामगढ जिल्लाको रजरप्पा मन्दिरमा पूजा गर्न जाने क्रममा दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा घाइते एक जनाको सदर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?