
२२ फागुन, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विश्वासको मत प्राप्त गरेका छन् ।
वित्तमन्त्री अब्दुल हफीज शेख सिनेटको चुनावमा पराजित भएपछि प्रधानमन्त्री खानले तल्लो सदनमा विश्वासको मत लिने निर्णय लिएका थिए । ३४२ सिटको नेशनल असेम्ब्लीमा विश्वासको मतका लागि उनलाई १७२ मत चाहिएको थियो ।
शनिबार नेशनल एसेम्ब्लीमा विदेशमन्त्री मोहम्मद कुरैशीले प्रधानमन्त्रीले विश्ववासको मत मागेको प्रस्ताव पेश गरे । र, १७८ सांसदले उनलाई मत दिएका छन् ।
सत्तारुढ गठबन्धनमा १८१ सदस्य थिए, फैसज वोडेले राजीनामा दिएपछि यो १८० मा झरेको छ । विपक्षी गठबन्धनमा १६० सांसद छन् भने एक सिट खाली छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4