Comments Add Comment

महिला क्रिकेट : ललितपुर मेयर-११ टिम घोषणा

१४ चैत, काठमाडौं । ललितपुर मेयर वुमन्स च्याम्पियनसि क्रिकेट प्रतियोगिताकाे लागि ललितपुर मेयर-११ को टिम घोषणा भएकाे छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सरस्वती चौधरीको कप्तानीमा ललितपुरकाे टिम घोषणा गरेको हो ।

क्यानले घोषणा गरेको १४ सदस्सीय टिममा कविता गौतम, विमला मगर, सुमन खतिवडा, आरती बिडारी,केनुका बस्नेत, अनिशा लामिछाने, अनुराधा चौधरी,शोभा आले,बिन्दु कटवाल, कन्चन श्रेष्ठ, अश्मिना कर्माचार्य, सृष्टि पौडेल र निशा पराजुली रहेकी छिन् ।

पहिलाे संस्करणकाे ललितपुर मेयर कप चैत २१ देखि २८ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा आयोजना हुनेछ ।

उद्घाटन खेलमा विभागीय टिम एपीएफ क्लब र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ। टी-२० फर्म्याटमा हुने प्रतियाेगिता सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ ।

लिग पछि शीर्ष दुई टिमले फाईनल खेल्नेछन् । प्रतियोगिताको विजेताले ३ लाख नगद, र उपविजेताले १ लाख ५० हजार पाउनेछन् ।

यसैगरी सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवमनले १५/१५ हजार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment