Comments Add Comment

चिनियाँ नागरिकको डेरामा लुटपाट गरेको आरोपमा चारजना पक्राउ

२२ चैत, काठमाडौं । चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौकों कागेश्वरी मनोहरा नगरपालिका फूलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुमाथि २० लाख नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ ।

उनीहरुले चैत १६ गते काठमाडौंको ठमेलमा चिनियाँ नागरिक ३४ वर्षीय योङ छियोङको कोठामा प्रवेश गरी मुकुण्डो लगाएर लुटपाट गरेको प्रहरीको भनाइ छ ।

उनीहरुमाथि छियोङकी श्रीमती अञ्जली तामाङ तथा सालो प्रवेश तामाङ र पासाङ तामाङलाई धारिलो हतियार देखाइ नियन्त्रणमा लिएर हातखुट्टा टेपले बाँधी लुटपाट गरेको आरोप छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र वृत्त लैनचौरको विशेष प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

उनीहरुले २० लाख रुपैयाँ नगद, सुनको तिलहरी, सुनको औठ्ठी, बाला, मुन्द्रा लुटेको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुको साथबाट सात लाख ९२ हजार ६ हजार रुपैयाँ, ६ हजार १७० युआन, तिलहरी, रिङ औंठी र बाला बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment