
२ वैशाख, काठमाडौं । प्रि–मिनसुन गतिविधि सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हावाहुरी चलेको छ ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमको केही भागमा मेघ गर्जनसहित हावाहुरी चलेको छ । ‘यो प्रि–मनसुन एक्टिभिटी छोटो हुन्छण,’ उनले भनिन्, ‘मेघ गर्जन/चट्याङसहित वर्षा गराउने बादल उत्तर पूर्वतिर सर्दै गएको छ । नेपाल पार गरेपछि यता गतिविधि हुँदैन ।’
उनका अनुसार एक-डेढ घण्टा यस्तो हुन्छ । हल्का वर्षा भएपनि ठूलो वर्षाको सम्भावना छैन । प्रदेश २ र लुम्बिनीमा भने हावाहुरी चलेपनि ठूलो खालको छैन ।
हावाहुण्डरीले काठमाडौंका ट्राफिक आइल्यान्ड, सडक डिभाइडरलगायतमा क्षति पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4