+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
148/4 (17.3)
VS
Sudurpaschim won by 6 wickets
जनकपुर बोल्ट्स 2025
145/8 (20)
Shares

भारतमा रहेका नेपालीलाई घर फर्कन समस्या हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १८ गते ९:१३

१८ वैशाख, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले भारतसँग जोडिएका २२ वटा नाका बन्द गरेपनि स्थलमार्गबाट घर फर्कन चाहने नेपालीलाई कुनै पनि समस्या नहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

२२ वटा नाका बन्द गर्ने सरकारको निर्णयले स्वदेश फर्किन समस्या हुने हो कि भनेर सामाजिक सन्जालमा चासो व्यक्त गरिएपछि परराष्ट्रमन्त्री ज्ञवालीले सबै नाका बन्द नगरेकाले समस्या नहुने जानकारी ट्वीट मार्फत दिएका हुन् ।

मन्त्री ज्ञवालीले भनेका छन्, ‘१३ वटा नाका खुला रहने छन् । घर फर्कन चाहने नेपाली नागरिकले यी रुटहरु प्रयोग गर्न सक्छन् ।’

कोरोना संक्रमणको फैलावट रोक्ने उद्देश्यले सरकारले भारतसँग जोडिएका २२ नाका बन्द गर्ने निर्णय गरेको छ । साथै सीसीएमसीले हवाई सेवासमेत बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

महामारीका कारण भारतमा रोजगारी गुमाएका धेरै नेपाली नागरिकहरु स्वदेश फर्किरहेका छन् । जहाज मार्फत आउन नसक्ने नेपाली नागरिक स्थलमार्ग हुँदै खुल्ला गरिएका नाकाबाट आउन सक्ने सरकारले बताएको छ ।

गत वर्ष सरकारले नाकामा कडाइ गर्दा धेरै नेपाली अलपत्र परेका कारण यसपटक घर फर्कन चाहनेहरुलाई सहजै फर्कन दिइरहेको छ ।

भारतका विभिन्न राज्यमा लकडाउन हुन थालेपछि नेपालीहरु रोजगारीका लागि गएका नेपालीहरु धमाधम घर फर्किएका छन् । केही नेपालीहरु भारतमा अलपत्र समेत परेका छन् । अलपत्रमा परेकालाई आफ्नो सम्पर्कमा आउन आह्वान गर्दै नयाँदिल्लीस्थित नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?