+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कालीकोटको गाउँगाउँमा भेटिए कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ५ गते १८:५३
पलाता गाउँपालिकाको वान्जडा गाउँमा कोरोना परीक्षण गरिँदै ।

५ जेठ, कालीकोट । जिल्लाको गाउँगाउँमा कोरोना संक्रमणका बिरामी भेटिन थालेको छ । ज्वरो तथा खोकी लक्षण देखिएका बिरामी बढेको खबर आएपछि एन्टिजेन परीक्षण गर्दा जिल्लाको पलाता गाउँपालिका- २ बन्जडामा कोरोना संक्रमित भेटिएका हुन् ।

गाउँका १५ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँमा बिरामी बढेको जानकारीपछि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम स्वास्थ्यकर्मी लिएर पुगेका थिए । परीक्षणका क्रममा आफ्नो श्रीमतीसहित ९ जनामा संक्रमण देखिएको गाउँपालिकामा कार्यरत कर्मचारी विष्णु प्याकुरेलले पुष्टि गरे ।

पलाताका अन्य वस्तीमा पनि ज्वरोका बिरामी छन् । गाउँपालिकामा भएका जनशक्ति परिचालन गरेर परीक्षण गर्ने र संक्रमितलाई आइसोलेसनमा राख्ने तयारी थालिएको पलाताका स्वास्थ्य शाखाका सहसंयोजक विनोद न्यौपानेले बताए ।

जिल्लाकै रास्कोट नगरपालिकाको वडा नम्बर १ र २ मा पनि ज्वरोका बिरामी भेटिएका छन् ।

सिपखाना स्वास्थ्य चौकी इन्चार्ज नमराज शाहीका अनुसार परीक्षणका लागि किटको अभाव छ । साथै ‘ज्वरो हो, सञ्चो हुन्छ’ भन्दै परीक्षण गर्न नमान्ने गरेको भन्दै शाहीले भने, ‘किट ल्याएर परीक्षण गर्ने हो भने धेरेमा संक्रमण देखिनसक्छ ।’

कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले गाउँगाँउँमा ज्वराका बिरामी भएको खबर आइरहेको बताए । उनका अनुसार सुरुमा सबै पालिकालाई ५०/५० वटा एन्टिजेन किट दिइएको थियो । त्यसक्रममा संक्रमित भेटिएपछि अहिले स्थानीय तह आफैंले पनि किन किनेर परीक्षण गर्न थालेका छन् ।

लक्षण देखिएकाहरुलाई मात्र टेष्ट गर्ने गरिएको प्रजिअ आचार्यले जानकारी दिए । उनले अघि भने, ‘सुरुमा भारतबाट आएकाहरुमा लक्षण देखिएको थियो । अहिले त ट्राभल हिस्ट्री नभएकाहरुमा समेत संक्रमण देखिन थालेको छ ।’

पालिकाहरुले २०/२० बेडको आइसोलेसन सेन्टर बनाएका छन् भने सदरमुकाममा पनि ५० बेडको कोभिड अस्थायी अस्पताल सञ्चालन गरिएको छ । सबैतिर ८/१० जना संक्रमित छन् । धेरै संक्रमित होम आइसोलेसनमा छन् ।

प्रेमराज सिम्खडाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?