Comments Add Comment

शिव र रचनाको स्वरमा ‘सुनको चन्द्रमा’ सार्वजनिक

गायक शिव परियार र गायिका रचना रिमालको स्वरमा ‘सुनको चन्द्रमा’ बोलको गीत सार्वजनिक भएको छ । दीपक शर्माको संगीत रहेको यो गीतमा पुष्प आचार्यको शब्द छ ।

यो गीतको भिडियोमा शंकर वीसी, शोवित बस्नेत, उत्सव अधिकारी, दीपा–दमन्ता, डाक्टर प्रतिक्षा पौडेलको अभिनय हेर्न सकिन्छ । यो गीतको छायांकन पटिहानीको अम्रेला स्ट्रिट, राप्ती नदीमा गरिएको छ ।

गीतको भिडियोमा थारु संकृती, बोटे संकृती, हात्ती सफारीलाई पनि देखाइएको छ । शंकर वीसीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई रवि एन्ड उषा मिडियाले निर्माण गरेको हो । दुर्गा पौडेलको छायांकन रहेको गीतको भिडियोमा नविन घर्ती मगरको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment