+
+
Shares

रचना रिमालले रद्द गरिन् अस्ट्रेलियाका १० तीज शो, भन्छिन्- अहिले गीतभन्दा उद्वारको आवाज छ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रचना रिमालले अस्ट्रेलियामा तीजका लागि तय गरिएका सबै उत्सव कार्यक्रम रद्द भएको र स्वदेश फर्किन लागेको जनाएकी छन्।
  • एनआरएनए वुमन फोरम नारीकुञ्ज अस्ट्रेलियाले विभिन्न सहरमा आयोजना गर्ने १० वटा सांगीतिक कार्यक्रम नेपालमा बाढीपछि रोकिएको हो।
  • रिमालले ‘यो कुनै जिल्लाको पीडा होइन, सिंगो देशको पीडा हो’ भन्दै अहिले उत्सवभन्दा उद्धारको आवाज ठूलो भएको बताएकी छन्।

काठमाडौं । गायिका रचना रिमालले तीजको अवसरमा अस्ट्रेलियामा आयोजना गरिएका सबै उत्सव कार्यक्रम रद्द भएको जनाएकी छन् । कार्यक्रम रोकिएपछि आफू स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सञ्जालबाट दिएकी छन् ।

एनआरएनए वुमन फोरम नारीकुञ्ज अस्ट्रेलियाका त्यहाँका विभिन्न सहरमा १० वटा सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो । बुधबार नेपालमा विनाशकारी बाढी गएको घटना लगत्तै रचनाले कार्यक्रम पोस्टपोन्ड गरिएको बताएकी थिइन् ।

तर, आज बुधबार भने रद्द नै गरिएको उनको भनाइ छ । अब आफू स्वदेश फर्किन लागेको उनले जनाएकी छन् । राष्ट्र शोकमा परिरहेको बेला उत्सवमा रमाउन मनले नमानेको उनको भनाइ छ ।

‘यो कुनै जिल्लाको पीडा होइन, सिंगो देशको पीडा हो’ उनले भनेकी छन्, ‘फेरि भेट्नेछौँ, फेरि गाउनेछौँ, फेरि नाच्नेछौँ। तर अहिले होइन। अहिले हाम्रो देशलाई हाम्रो उत्सवभन्दा हाम्रो साथ चाहिएको छ। अहिले हाम्रो गीतभन्दा ठूलो उद्धारको आवाज छ। त्यसैले यसपटक हामीले उत्सव रद्द गरेका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?