Comments Add Comment

सोनु सुदलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहन्छुः हुमा कुरेशी

पहिलो चरणको कोरोना महामारीको समयमा भारतमा लगाइएको लकडाउका कारण लाखौ प्रवासी मजदुरहरु अलपत्रमा परे । उनीहरुलाई आफ्नो घरसम्म पुर्याउनका लागि बलिउड कलाकार सोनु सुदले निकै सहयोग गरे । यसपछि भने सोनुले आफ्नो सामाजिक सेवालाई निरन्तर अगाडि बढाइरहेका छन् ।

दोश्रो चरणको कोरोना महामारीका कारण भारतका विभिन्न राज्यमा लगाइएको लकडाउनमा समस्यामा परेकाहरुका लागि पनि सोनुले काम गरिरहेका छन् । यसैले, भारत मात्र नभई विश्वमै सोनुलाई हेर्ने नजर बदलिएको छ ।

उनै, सोनुलाई केही दिन अगाडि आइटम गर्ल राखी सावन्तले भारतको प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको बताएकी थिइन् । सामाजिक संजालमा सोनुलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहना राख्दै हजारौ ट्विट आउने गरेका छन् ।

यसैविच, बलिउड नायिका हुमा कुरेसीले पनि सोनुलाई आफूले प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको उल्लेख गरेकी छिन् । उनले एक न्यूज वेवसाइटसँग कुरा गर्दै यो चाहना व्यक्त गरेकी हुन् ।

बलिउडको एक राम्रो राजनेता को हुनसक्छ भन्ने प्रश्नमा हुमाले भनेकी छिन्–‘इमान्दारिताका साथ भन्नुपर्दा सोनु सुदलाई चुनावमा लड्न आवश्यक छ । म उनलाई भोट दिनेछु । म सोनुलाई भारतको प्रधानमन्त्रीको रुपमा हेर्न चाहन्छु ।’

हुमा अभिनित वेव सिरिज ‘महारानी’ हालै मात्र रिलिज भएको छ । यो सिरिजमा उनले गरेको अभिनयको चर्चा भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment