Comments Add Comment

कोलम्बियाको सहज जित

२१ जेठ,काठमाडौं । विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोट अन्तर्गत पाँचौ चरणको खेलमा कोलम्वियाले पेरुलाई ३-० ले पराजित गरेको छ । दुवै टोलीले दश खेलाडीमा रहेर खेलको अन्त्य गर्दा कोलम्बियाले पेरुलाई उसैको मैदानमा सहजै पराजित गरेको हो ।

शुक्रबार बिहान पेरुमा सम्पन्न खेलमा कोलम्बियालाई जित दिलाउन यारी मिना, माटेअस युरिवे र लुइस डियाजले गोल गरे ।

खेलको ४०औं मिनेटमा यारी मिनाले डुभान जापटाको पासमा गोल गर्दै कोलम्बियालाईअग्रता दिलाएका थिए ।

४५औं मिनेटमा पेरुका मिगुइल ट्राउको दोहोरो पहेँलो कार्ड पाउदै मैदान बाहिरिएका थिए।

त्यसको फाइदा उठाउँदै कोलम्बियाले दोस्रो हाफमा सुरुआती १० मिनेट भित्रै दुई गोल गरेको थियो । ४९औं मिनेटमा माटेअसले गोल गर्दै कोलम्बियाको अग्रता दोब्बर पारे । ५५औं मिनेटमा लुइस डियाजले कोलम्बियाको लागि तेस्रो गोल गरे।

५९औं मिनेटमा वैकल्पिक खेलाडी ड्यानिएल मुनझवले सिधै रातो कार्ड पाएपछि कोलम्बिया पनि १० खेलाडीमा समेटियो । जोन मेदिनाको स्थानमा ५७औं मिनेटमा मैदान प्रवेश गरेका मुनोजले दुई मिनेटपछि नै रातो कार्ड पाए।

छनोटमा दोस्रो जित हात पारेको कोलम्बिया ५ खेलबाट ७ अंक जोडेर छैटौँ स्थानमा उक्लेको छ । पाराग्वे र उरुग्वेसँग समान अंक रहेपनि कोलम्बिया गोल अन्तरमा पछि परेको हो ।

उता छनोटमा अहिलेसम्म जितिविहन रहेको पेरु भने १ अंकसहित दशौं अर्थात अन्तिम स्थानमा छ । पेरुको यो चौथो हार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment