+
+

बालिकामाथि यौनहिंसा गरेको आरोपमा पक्राउ परेका गुम्बा सञ्‍चालक धरौटीमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ९ गते १३:०१

९ असार, धनगढी । कैलालीमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका गुम्बाका सञ्चालक धरौटीमा रिहा भएका छन् ।

यौन हिंसाको आरोपमा पक्राउ परेका जिल्लाको गोदावरी नगरपालिकाको वनखेतमा रहेको अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका सञ्चालक गणेश मोक्तान लामा मंगलबार ९० हजार धरौटी बुझाएर रिहा भएका हुन् ।

जिल्ला अदालतमा भएको थुनछेक बहसपछि लामा धरौटीमा छुटेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

लामाविरुद्ध तीन बालिकाका तर्फबाट परेको छुट्टाछुट्टै उजुरीमा अदालतले ३०÷३० हजार रुपैयाँ धरौटी माग गरेको थियो । उक्त रकम बुझाएर लामा मंगलबार जिल्ला प्रहरी कार्यालयको हिरासतबाट थुनामुक्त भएका हुन् ।

गुम्बामा रहेका बालिकाले आफूहरुमाथि लामाले यौन हिंसा गर्दै आएको कुरा सार्वजनिक रुपमा बताएपछि गत जेठ १३ गते उनी पक्राउ परेका थिए ।

लामाविरुद्ध दुई बालिकाका अभिभावक र एकजनाको तर्फबाट शान्ति पुर्नस्थापना केन्द्र धनगढीले बाल यौन दुर्व्यवहारको मुद्दा दर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?