
फाइल तस्वीर
९ असार, सप्तरी। पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका-१० प्रयागपुरमा गुडिरहेको टिपर बुधबार बिहान आफैं आगलागी हुँदा जलेर नष्ट भएको छ ।
इँटा हालेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५५५१ नंको टिपरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । गुड्दै गरेको टिपरमा आगलागी भएपछि चालकले हामफालेर ज्यान जोगाएको स्थानीयवासीले बताएका छन् ।
समयमा आगो निभाउन नसक्दा टिपर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
बीच सडकमै जलेको टिपर हटाउने र घटना विषयबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4