+
+

सर्वसाधारणसँग मागियो चार्टर्ड उडानमा बढी भाडा तिरेको प्रमाण

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ९ गते १४:५१

९ असार, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय चार्टर्ड हवाई उडानमा बढी भाडा तिरेर यात्रा गरेको भए मन्त्रालयलाई दिन सर्वसाधारण यात्रुसँग आहृवान गरेको छ । सरकारले निषेधाज्ञाको समयमा खुला गरेको चार्टर्ड उडानमा ट्राभल एजेन्सीले महंगो भाडा असुल गरेको गुनासो आएपछि छानविन समिति गठन गरेको थियो ।

छानविन समितिले एक सार्वजनिक सूचना प्रकाशित गर्दै सर्वसाधारणले २४ वैशाख २०७८ देखि अहिलेसम्म अन्तर्राष्ट्रिय चार्टर्ड उडानबाट यात्रा गरेका र महंगो भाडा तिरेका यात्रुलाई त्यसको प्रमाण (टिकट) उपलब्ध गराउन आग्रह गरेको हो ।

यात्रुले आफुसँग भएको टिकट समितिको वेवसाइट [email protected] मा इमेल गर्न सकिने भएको छ ।

समितिको फोन नम्बर ०१-४२६२३२६/४२६२४१६ मा फोन गरेर पनि आफ्नो प्रमाण प्रस्तुत गर्न सकिने भएको छ । सरकारले विदेशमा अलपत्र परेका वा नेपालबाट विदेश जाने यात्रुलाई लक्षित गरि चार्टर्ड उडानको अनुमति दिएको थियो ।

तर, यात्रुबाट ट्राभल एजेन्सीले अधिक भाडा असुल गरेको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन समिति गठन गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको नेतृत्वमा छानविन समिति गठन भएको हो । समितिले आफ्नो प्रमाण दिने यात्रुको व्यक्तिगत पहिचान र विवरण गोप्य राख्ने समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?