Comments Add Comment

एएफसी वुमेन्स एसियन कप क्वालिफायरमा नेपालले हङकङ र फिलिपिन्ससँग खेल्ने

फाइल तस्वीर

१० असार, काठमाडौं । एएफसी वुमेन्स एसियन कप २०२२ को क्वालिफायरमा नेपालले हङकङ र फिलिपिन्ससँग खेल्ने भएको छ ।

मलेसियाको क्वालालम्पुरमा बिहीबार भएको भर्चुल ड्र अनुसार नेपाल समूह एफमा परेको हो । यस समूहमा नेपालसँगै हङकङ र फिलिपिन्स छन् । यस समूहको आयोजकको रुपमा नेपाल रहनेछ र नेपालले घरेलु मैदानमै खेल्ने अवसर पाउनेछ ।

क्वालिफायरमा कुल २८ राष्ट्रले प्रतिस्पर्था गर्नेछन् । जसमा ८ समूहमा विभाजन गरिएको छ । चार समूहमा ४-४ टिम छन् भने अर्को चार समूहमा ३-३ टिम छन् ।

क्वालिफायरका छनोट खेलहरु आगामी सेप्टेम्बर १३ देखि २५ सम्म आयोजना हुनेछ । आठ वटै समूहको विजेता टिम सन् २०२२ मा भारतमा हुने एसिया कपमा छनोट हुनेछ ।

यसअघि नै पछिल्लो संस्करणको शीर्ष तीन टिम जापान अष्ट्रेलिया र चीनसहित आयोजक भारत सिधै छनोट भइसकेका छन् ।

२०२२ जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतको तीन शहरमा हुने प्रतियोगितामा कुल १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले यसअघि तीन पटक एसिया कप खेलेको थियो । सन् १९८६ मा पहिलो पटक सहभागिता जनाएको नेपालले १९८९ र १९९९ मा पनि एसियन कप खेलेको थियो र तर एक खेल पनि जित्न सकेको थिएन ।

नेपालले यसअघि १९८६ र १९८९ मा हङकङसँग खेलेको थियो भने १९९९ मा फिलिपिन्ससँग खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment