Comments Add Comment

बीएलडीसी इन्भर्टरजडित टीसीएलको वासिङ मेसिन नेपाली बजारमा

१० वर्षको मोटर वारेण्टी, ५ वर्षको बीसीबी वारेण्टी

आधुनिक टेक्नोलोजीको प्रयोगमा अग्रपङ्गतिमा रहेको टिसिएलले हालसालै नयाँ मोडलका वासिङ्ग मेशिनहरु बजारमा ल्याएको छ । विशेषत​: फ्रन्ट लोडिङ्ग मोडलमा उपलब्ध टिसिएलका वासिङ्ग मेशिनका नयाँ मोडलमा स्मार्ट विशेषताहरु पनि रहेका छन् ।

फ्रन्ट लोडिङ्ग वासिङ्ग मेशिनमा अधिक​-हाई तापक्रममा स्टेरलाईज गर्ने र कमपानीमै धेरै लुगा धुन मिल्ने क्षमता रहेको छ । त्यस्तै, न्यूनतम २० डिग्री सेन्टिग्रेट तापक्रममा १५मिनेटको अवधिभित्रै लुगा धुन मिल्ने यस वासिङ्ग मेसिनमा लुगा घट्ने वा खुम्चिने समस्या पनि नआउने बताइएको छ । बीएलडीसी मोटर जडित, यस वासिङ मेसिनमा १० वर्षको मोटर वारेण्टी र ५ वर्षको पीसीबी वारेण्टी रहेको छ ।

पीसिरिज मोडलमा उपलब्ध टिसियलका वासिङ मेसिनहरु ८ केजी र १० केजीका मोडलहरुमा उपलब्ध छन् । १४ सय आरपीएम ड्रममा मा एलईडी लाइटयुक्त, एलईडी टच प्यानल, २४ आवर्स डेली, १६ वास प्रोग्राम जस्ता विशेषता छन् ।

बीएडीसी इन्भर्टर मोटर जडान रहेको यस वासिङ मेसिन अझ बढी पावरफूल र लो नाइजमा काम गर्ने क्षमता राख्दछ । वद्युत कम खपत गर्छ ।

टिसीएलललाई चौधरी ग्रुपअन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्सको ईओएल प्रालिले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment