Comments Add Comment

अत्यधिक गर्मी : निकारागुआदेखि नेपालसम्मका कामदारलाई चुनौती

३१ असार, काठमाडौं । सानोमा निकारागुआको विकट स्थानमा रहेको एक उखु खेतीमा काम गरेका विलियम मार्टिनेजले अहिले अमेरिका र क्यानडाका मानिसहरुले भोगिरहेको अत्यधिक गर्मीमा बस्न कति गाह्रो छ भन्ने राम्रोसँग बुझेका छन् । अत्यधिक गर्मीको कारण अहिले अमेरिका र क्यानडामा धेरै मानिस तथा जनावरहरुको मृत्यु भइरहेको छ ।

दुई दशकअघि मार्टिनेज आफ्ना साथीहरुसँग निकारागुआको उखु खेतीमा लामो समयसम्म प्रचण्ड गर्मीमा काम गर्दा उनी बिरामी परेका थिए । त्यसको नजिकै एक मिल थियो, यो मिलले मदिरा कम्पनीलाई उखुको खुदो आपूर्ति गथ्र्यो । उक्त, मिलमा काम गर्ने कामदारहरुमा मिर्गौला फेल हुने समस्या देखिएको थियो । जसको कारण उनीहरु कामबाट निकालिएका थिए र निकै महँगो डायलाइसिस गर्न बाध्य बनेका थिए ।

मार्टिनेजका बुबा, काकाहरुमा पनि यस्तै समस्या देखियो र मार्टिजेन सानै हुँदा उनीहरुको मृत्यु भएको थियो । बुबा तथा काकाहरुको मृत्यु भएपछि मार्टिनेज काममा जान बाध्य भए । त्यसैले केही दशकसम्म गाउँमा धेरै पुरुषको मृत्यु भयो । जसको कारण पछि यो गाउँको नाम नै विधुवाहरुको गाउँ बन्न पुग्यो ।

कामदारहरुको पुस्ता नै नष्ट पार्ने यो रोगलाई जानकार र सञ्चारमाध्यमहरुले अज्ञात कारणले लाग्ने मिर्गौला रोग भनेर भनिएको थियो । तर, उक्त उखु खेतीमा काम गर्ने कामदारमा भने यो रोग देखिनुको कारण आकाशजस्तै स्पष्ट थियो ।

मध्यपूर्वमा विशेषगरी नेपालबाट आएका आप्रवासी कामदार सबैभन्दा जोखिममा छन् ।  बेलायती पत्रिका गार्जियनले गरेको अध्ययनमा सन् २०२२ को विश्वकपलाई लक्षित गरी कतारमा निर्माण भइरहेका संरचनाहरुमा काम गरिरहेका कामदारको अत्यधिक गर्मीको कारण मृत्यु हुने गरेको छ ।

‘समुदायस्तरमा हामीले धेरैकुरा गुमाएका छौं र यस किसिमको क्षति हामीले बेहोरिरहेका पनि छौं’, २९ वर्षीय मार्टिनेज भन्छन् । स्वास्थ्य तथा सुरक्षाबारे अध्ययन गरिरहेका उनी थप्छन्, ‘यद्यपि यसले निकारागुआमा मात्र प्रभाव पार्छ भन्ने होइन, यदि समयमा नै अत्यधिक गर्मीमा हुने दबाब न्यूनीकरण र रोकथामका लागि आवश्यक कदम चालिएन भने यसले अन्य क्षेत्रमा पनि असर पार्छ ।’

विश्वभर ५० लाखभन्दा धेरै मानिसहरु अत्यधिक गर्मी वा चिसोको कारण मर्ने गरेको हालै सार्वजनिक भएको २० वर्षको अध्ययनले देखाएको छ । साथै पछिल्लो समय गर्मीको कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । अर्को एक अध्ययनमा विश्वभर गर्मीको कारण गर्मीयाममा मृत्यु हुनेमध्ये ३७ प्रतिशतलाई जलवायु आपतकालको रुपमा हेर्न सकिन्छ ।

अमेरिकाको पश्चिमी क्षेत्रमा अहिले करिब तीन करोड १० लाख मानिसहरु ४५ डिग्री सेल्सियसभन्दा धेरै गर्मी तापक्रममा बस्न बाध्य भएका छन् । यसले धनी मुलुकहरु पनि अहिले जलवायु परिवर्तनको मार खेप्न बाध्य भएको देखिएको छ ।

अमेरिकाको ओरेगन र वासिङटन राज्यका अधिकारीका अनुसार यो गर्मीमा मात्र गर्मीकै कारण दुई सयभन्दा धेरैको मृत्यु भएको छ । अत्यधिक गर्मीको कारण क्यानडाको पश्चिमी क्षेत्रमा रहेको ब्रिटिश कोलम्बियामा करिब पाँच सय जनाको मृत्यु भएको आकलन छ । यसैबीच उक्त क्षेत्रको जंगलहरुमा डडेलो पनि फैलिएको छ ।

ओरेगन राज्यका डेमोक्रेटिक पार्टीकी गभर्नर केट ब्राउन यो गर्मीलाई ‘आगामी दिनको सूचना दिने दूत’को रुपमा हेर्छिन् । अमेरिकी सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामा उनले अल्पसंख्यक र जोखिममा रहेको समुदायमा यसले ठूलो असर पारेको उनको भनाइ छ । उनले आपतकालीन तयारी गर्दा ती उक्त समुदायलाई सबैभन्दा अग्रस्थानमा राख्नुपर्ने बताएकी छिन् ।

अमेरिकामा त्यसको असर हालै मात्र देखिए पनि विश्वव्यापी तापक्रम वृद्धिको  मुद्दा लामो समयदेखि चल्दै आएको मुद्दा हो । दक्षिण–पूर्वी एसियाको सहरी क्षेत्रमा रहेको सरकारी कारखाना यसको मुख्य केन्द्र हुन्, जहाँ निरन्तर कामदारहरु बिरामी परिरहन्छन् ।

विशेषगरी कुनै पनि कारखानामा बन्द कोठाभित्र पीपीईजस्ता लुगा लगाएर गर्नुपर्ने काममा यस किसिमको समस्या बढी हुने सिंगापुर युनिभर्सिटीका प्राध्यापक जेसन बताउँछन् । उनका अनुसार कामदारहरुलाई उनीहरुले गरेको कामको आधारमा नभई घण्टाको आधारमा तलब दिनुपर्ने बताउँछन् । त्यस्तै बेलाबेलामा उनीहरुलाई ब्रेक लिन प्रोत्साहित गर्ने कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ ।

मध्यपूर्वमा विशेषगरी नेपालबाट आएका आप्रवासी कामदार सबैभन्दा जोखिममा छन् ।  बेलायती पत्रिका गार्जियनले गरेको अध्ययनमा सन् २०२२ को विश्वकपलाई लक्षित गरी कतारमा निर्माण भइरहेका संरचनाहरुमा काम गरिरहेका कामदारको अत्यधिक गर्मीको कारण मृत्यु हुने गरेको छ ।

‘हामीले आठ घण्टाको काममा ३० मिनेटको ब्रेक पाउँछौं’, दोहामा निर्माण क्षेत्रमा काम गरिरहेका एक बंगलादेशी कामदारले भने, ‘हामीले २० मिनेट बढी ब्रेक लियौं भने उनीहरुले थप २० मिनेट काम गराउँछन् ।’

अब पुनः निकारागुआमा नै फर्किऔं । मार्टिनेज अहिले पनि आफूले सानो हुँदा काम गरेको ला इस्ला गाउँमा बस्छन् । उनी उक्त गाउँमा अध्ययनको काम गरिरहेका छन् । उनले वैज्ञानिकहरुले एक समुह बनाएका छन् । जसले कामदारहरुलाई जलवायु संकटको कारण उत्पन्न हुने जोखिमबाट बचाउने प्रयास गरिरहेका छन् ।

उनले सानोमा काम गरेको इन्गेनिओ सुगर मिलमा पनि खानेपानीको व्यवस्था गर्ने, कामदारलाई आराम गर्न दिने र ब्रेकको समयमा उनीहरुर्ला शीतलमा बस्ने व्यवस्था गराएका छन् । त्यसयता भने मिर्गौलाका बिरामीको संख्या घटेको छ । मेक्सिकोका दुई मिलले पनि आगामी वर्षबाट यस्तै किसिमको कार्यक्रम अघि सार्ने बताएको छ ।

‘अत्यधिक गर्मीले आवश्यक जनशक्तिको पनि अभाव हुन्छ, यसले उनीहरुको मृत्यु हुन्छ वा उनीहरुले धान्न नसक्ने किसिमको महँगो उपचारको सामना गर्नुपर्ने हुन सक्छ । नेपाल वा निकारागुआको परिप्रेक्ष्यमा हेर्ने हो भने त्यसपछि बालबालिकाहरुलाई मुलुकभित्रै वा बाहिर अभिभावकको सट्टामा काम गर्न पठाइन्छ र यसले बाल श्रम पनि बढाउँछ’, ला इस्ला नेटवर्कका सीईओ जेसन ग्लासर बताउँछन् । उनी अमेरिकामा पनि कामदारहरुलाई अत्यधिक गर्मी कम गर्ने किसिमका कार्यक्रम ल्याउनुपर्ने बताउँछन् ।

मार्टिनेजको लागि अहिले तत्काल गर्नुपर्ने कामा स्पष्ट छ । ‘यो सबैले बुझ्ने कुरा हो, अहिले पृथ्वी तात्दै गएको छ त्यसैले धेरै मानिसहरु जोखिममा पर्दैछन् । यसको अर्थ धेरै मानिसहरु अब श्रमशक्तिभन्दा बाहिर जाँदैछन् र स्वास्थ्य प्रणालीमा यसको भार बढ्नेछ’, मार्टिनेज भन्छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको कामदारहरुलाई बचाउनु र सबै उद्योगहरुमा उनीहरुलाई गर्मीबाट बचाउने उपायको प्रयोग गर्ने हो ।’

द गार्जियनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment