+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

बजेट पारित हुन नसकेपछि लुम्बिनीको अधिवेशन अन्त्य

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १ गते ६:५४

१ साउन, काठमाडौं । बजेट पारित हुन नसकेपछि लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषदको सिफारिसमा बिहीबार मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखकको कार्यालयका उपसचिव चिरन्जीवी पौडेलले जानकारी दिए ।

बिहीबार बजेट पारित हुन नसकेपछि मुख्यमन्त्री शंकर पोखरेल संसद बैठक छाडेर हिंडेका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले बिहीबार साँझ साढे ५ बजे बैठक बस्ने गरी तोकेका थिए । साढे ५ बजे पनि बैठक बस्न नसकेपछि शुक्रबार दिउँसो १ बजे बैठक बस्ने सूचना जारी गरिएको थियो । तर, सरकारले मध्यरात संसद अधिवेशन नै अन्त्य गरेको छ ।

बजेट पारित नभएकाले शुक्रबारदेखि लुम्बिनी प्रदेशमा राज्यकोषबाट कुनै पनि रकम खर्च गर्न मिल्दैन । यद्यपि प्रदेशसभा अधिवेशन अन्त्य गरेर सरकारले अब अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेको छ ।

लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री पोखरेल अल्पमतमा छन् । उनीविरुद्ध विपक्षी गठबन्धनले पटक–पटक अविश्वास प्रस्ताव दर्ता गराए पनि उनले छल्दै आएका छन् ।

८३ सदस्यीय प्रदेश लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४२ सांसद चाहिन्छ । तर, एमालेका ३८ र जसपाका तीन जना गरी सत्तापक्षमा ४१ जना सांसद छन् । विपक्षमा पनि कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ जना नै सांसद छन् ।

दुवै पक्षको मत समान भएमा सभामुखको भोट निर्णायक मानिन्छ । लुम्बिनीका सभामुख घर्ती माओवादी केन्द्र तर्फका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?