+
+

अध्यादेशको विरोधमा त्रिचन्द्र क्याम्पसबाहिर अनेरास्ववियुको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १५:३६

३ भदौं, काठमाडौं । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेको छ ।

बिहीबार अनेरास्ववियूका कार्यकर्ताले घण्टाघर अगाडिको सडक अवरुद्ध पारेका छन् । उनीहरुले राजनीतिक दलसम्बन्धी अध्यादेश जलाउनुका साथै प्रदर्शनसमेत गरेका छन् । अनेरास्ववियुको प्रदर्शनका कारण एक घण्टादेखि घण्टाघर अगाडिको सडक अवरुद्ध छ ।

सरकारले दल विभाजनलाई सजिलो पार्ने गरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेश ल्याएको थियो । सोही अध्यादेशअनुसार नयाँ पार्टी गठन गर्न एमालेका वरिक्ष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

एमालेले भने आफ्नो पार्टी विभाजन गर्ने उद्देश्यले सरकारले अध्यादेश ल्याएको भन्दै विरोध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?