+
+

बोक्सीको आरोपमा मृत्युदण्ड पाएकी महिलालाई ३२८ वर्षपछि सफाइ !

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १३:४०

७ भदौ, काठमाडौं । हाम्रो देश नेपालमा मात्र होइन विश्वकै धनी मुलुक अमेरिकामा समेत आजभन्दा ३ सय वर्ष अगाडि क्रुर तथा अमानवीय बोक्सी प्रथा रहेछ ।

बोक्सी प्रथा यतिसम्म विकृत रहेछ की बोक्सीको आरोप लगाएर महिलाको हत्या समेत गरिँदो रहेछ । बोक्सीको आरोपमा त्यसैगरी मृत्युदण्डको सजाय पाएकी एक अमेरिकी महिलालाई तीन शताब्दीपछि बल्ल सफाइ पाउने भएकी छिन् । ८ कक्षामा पढ्ने विद्यार्थीहरुले गरेको इतिहासको अध्ययन र प्रयासबाट ती महिलाले सफाइ पाउने भएकी हुन् ।

अमेरिकाको म्यासाच्युसेट्सकी एलिजाबेथ जोन्सन जुनियरलाई सन् १६९३ मा सालेम बोक्सी इजलासले झुण्डाएर मृत्यु दण्ड दिने फैसला गरेको थियो । तर विविध कारणले उक्त सजाय कार्यान्वयन हुन सकेको थिएन र उनी मारिनबाट जोगिएकी थिइन् । त्यतिबेला एलिजाबेथ २२ वर्षकी थिइन् ।

म्यासाच्युसेट्सको मेथुएनकी डेमोक्रेटिक पार्टीकी सिनेटर डियान्ना डी जोग्लियोले ती महिलालाई दिइएको सजाय खारेज गरी सफाइ दिनका लागि एक विधयेक प्रस्तुत गरेकी छिन् ।

स्थानीय नर्थ एन्डोभर मिडिल स्कुलमा ८ कक्षामा पढ्ने विद्यार्थीहरुले मृत्युदण्डको सजाय सुनाइएकी एलिजाबेथको इतिहास र उनको सजाय खारेजी र सफाइका लागि गर्नुपर्ने कार्यहरुका बारेमा अनुसन्धान गरेका थिए ।

विद्यार्थीहरुको अनुसन्धान र निष्कर्षकै आधारमा इतिहासमा सुधार गरी पीडितलाई न्याय दिलाउनका लागि आफुले नयाँ विधयेक प्रस्ताव गरेको राज्य सिनेटर डिजोग्लियो बताउँछिन् । आफूहरुले विगतमा पीडितहरुले पाएको पीडालाई परिवर्तन गर्न नसक्ने भएपनि इतिहासमा अन्यायमा परेकाहरुलाई लगाइएको गलत आरोपबाट मुक्ति दिलाउन भने प्रयास गर्ने उनको भनाइ छ ।

यदि उनको नयाँ विधयेक पारित भएमा एलिजाबेथ अमेरिकाको इतिहासमा बोक्सीको आरोपबाट सफाइ पाउने अन्तिम व्यक्ति हुनेछिन् ।

सन् १९६२ को उक्त बोक्सी इजलासले सयौँ मानिसहरुलाई बोक्सीको अभियोग लगाएको थियो भने सालेम र आसपासका क्षेत्रका २० जनालाई मृत्युदण्ड दिइएको थियो । ती मध्ये १९ जनालाई झुण्ड्याएर र एकजना पुरुषलाई ढुंगाले हानेर हत्या गरिएको थियो ।

त्यसयताको यो ३२८ वर्षमा त्यसरी बोक्सीको आरोप लगाइएका सबैजसोलाई आधिकारिक रुपमा सफाइ दिइसकिएको छ । त्यसरी सफाइ पाउनेमा स्वयं एलिजाबेथकी आमा, एक मन्त्रीकी छोरी लगायतका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?