+
+

जावा मोटरसाइकलको डिलर सुर्खेतमा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १५:५५

९ भदौ, काठमाडौं । क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले वीरेन्द्रनगरपालिका-३ मुलपानी, जुम्ला रोड सुर्खेतमा आफ्नो नयाँ डिलर एमपी मोटोहवको स्थापनासँगै सुसज्जित र पूर्ण रुपमा सञ्चालित जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा र नेपालगञ्जका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि सुर्खेतमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित शोरूम स्थापना गरेको हो ।

अग्नि मोटोइन्क प्रा.लिका महाप्रबन्धक शरद मिश्रले बुधबार शोरूमको उद्घाटन गरे । उद्घाटनका क्रममा उनले भने,’जावा मोटरसाइकल शहर र राजमार्गहरुमा हाँक्नका लागि निकै आनन्ददायक छ । हामीसँग फरक-फरक व्यक्तित्वलाई सुहाउने फरक-फरक मोडलहरू छन्, उदाहरणका लागि भीडभन्दा बाहिर उभिनबाहेक अरु केही नचाहने तथा आफ्नो मोटरसाइकल आफ्नो रुचिअनुकूल संरचित गर्नका लागि ठूलो पैसा खर्च गर्ने सोचमा हुनेहरूका लागि पेराक एउटा रोचक विकल्पको रूपमा आउँछ भने जावा र जावा फोर्टी-टूले यसअघि नै नै देशभरि तरंग सिर्जना गरिसकेको छ । यसर्थ, जावा मोटरसाइकल सुर्खेत बजारमा पनि विशेषगरी युवाहरू र मोटरसाइकल प्रेमीहरूका बीच सफल हुनेमा हामी सुनिश्चित छौं ।’

एमपी मोटोहबका प्रबन्ध निर्देशक रोशन तिवारी भन्छन्, ‘हाम्रो थातथलोमा क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल ल्याउन पाउँदा हाम्रा लागि गर्वका कुरा हो । हाम्रो सुर्खेत र यसका वरिपरिका क्षेत्रमा मोटरसाइकल प्रेमीहरूका लार्गि यी क्लासिक मोटरसाइकलहरू उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित भएका छौं । जावा एक प्रमाणिक र प्रतिष्ठित ब्रान्ड हो, यसले निश्चित रूपमा मोटरसाइकल प्रेमीहरूको स्वायत्त चाहनालाई पूरा गर्नेमा म धेरै आशावादी छु कि र उनीहरू नयाँ जावाको पौराणिक क्लासिक अझै फेसनेबल लुक र यसको बलियो निर्माण सुविधाहरूले गर्दा सुर्खेतमा हाम्रा ग्राहकहरूबीच तत्काल हिट हुने म विश्वस्त छु ।’

कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरूले अब जावा, जावा फोर्टी-टु र फ्याक्ट्री-निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा वीरेन्द्र नगरपालिका-३ मुलपानी, जुम्ला रोड र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’का लागि  ०८३-५२२०८०/९८५८०५१५०९ डायल सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?