Comments Add Comment

क्यानडाले जित्यो महिला फुटबलमा स्वर्ण

२३ साउन, काठमाडौं । क्यानडाले जापानमा भइरहेको टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको स्वर्ण जितेको छ ।

शुक्रबार भएको फाइनलमा स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै क्यानडाले पहिलो पटक ओलम्पिक फुटबलमा स्वर्ण पदक जितेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० किनेटको अतिरिक्त समयमा पनि १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

नेशनल स्टेडियममा भएको खेलमा ३४औं मिनेटमा स्टिना ब्लाक्स्टेनिउसले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएकी थिइन् ।

तर ६८औं मिनेटमा जेस्सी फ्लिमीङले पेनाल्टीमा क्यानडाबा लागि बराबरी गोल गरिन् ।

१२० मिनेटको खेल बराबरी भएपछि रोमाञ्चक बनेको सुटआउटमा क्यानडाले खेल जित्यो ।

पेनाल्टीमा क्यानडाकी जेस्सी फ्लिमीङ, रोस डेनी र जुलिया ग्रोस्सोले गोल गरिन् ।

स्विडेनकी नाथलिया बिजोर्न र ओलिभियाले गोल गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment