Comments Add Comment

सौगातमाथि करोडौंको लगानी

नेपाली चलचित्रको व्यापारलाई हेर्ने हो भने, औसतमा वर्षमा ६ वटाले मात्र लगानी उठाएका छन् । डेढ वर्ष अगाडि कोरोना महामारीका कारण सुनसान बनेको चलचित्र क्षेत्र सुचारु हुने कुनै सुरसार छैन । अझै यो अन्यौल कहिलेसम्म रहने हो भन्न सक्ने अवस्था छैन ।

तर, नेपाली चलचित्रका कलाकारमाथि करोडौंको लगानी गर्ने होडबाजी भने रोकिएको छैन । बक्स अफिसमा निरन्तर असफल चलचित्र दिएका कलाकार हुन् वा हिट कलाकार नै किन नहुन्, उनीहरुमाथि करोडौं रकम लगानी गर्न निर्माता तयार छन् । यसलाई कलाकार कम हुनुको बाध्यता पनि भन्ने गरिएको छ ।

अभिनेता सौगात मल्लका अधिकांश चलचित्रहरु बक्स अफिसमा त्यति सफल हुन सकेका छैनन् । ‘लुट’को ब्रान्ड बाहेकका उनका अन्य चलचित्रले लगानी उठाउने सामर्थ्य राखेका छैनन् । तर, उनीमाथि करोडौं लगानी गर्न निर्माता तयार नै छन् ।कोरोनाका कारण नयाँ चलचित्रको काम शुरु गर्न नपाएका सौगातसँग आधा दर्जन चलचित्र पाइपलाइनमा छन्  भने त्यति नै संख्यामा चलचित्र रिलिजको तयारीमा छन् ।

उनले अभिनय गरेका ‘लप्पनछप्पन २, माइकल अधिकारी, मन्त्र, घनचक्कर, राधा, मासुभात’ लगायतका चलचित्र रिलिजको तयारीमा रहेका छन् ।

सौगात मल्लले दुई दिनअघि मात्र मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको चलचित्र ‘एक्स ९’मा सम्झौता गरे । उनको  अभिनय रहने चलचित्र ‘कबड्डी ४’को छायांकन कोभिडका कारण रोकिएको छ । यस्तै, उनले नायिका रेखा थापाको एक चलचित्रका लागि पनि सम्झौता गरिसकेका छन् ।

निर्देशक आकाश अधिकारीले निर्देशन गर्न लागेको एक चलचित्र पनि सौगातले कोरोनाको पहिलो लहर सकिएसँगै साइन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment