२६ साउन, काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता के गर्नुहुन्छ भनेर प्रधानमन्त्रीलाई प्रश्न सोधेका छन् ।
मंगलबार संसद बैठकलाई सम्बोधन गरेका एमाले संसदीय दलका नेता ओलीले सरकारको साझा न्यूनमत कार्यक्रममा एमसीसी उल्लेख नभएको भन्दै प्रश्न उठाएका छन् ।
‘एमसीसी बिर्सनु भयो कि क्या हो ? मैले देखिनँ कतै,’ उनले भनेका छन्, ‘नेपाली जनताले जान्न चाहेको छ, सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी तपाईं ।’
सरकारले आफूले एमसीसी पास गर्नुपर्छ भनेर कुनै समय बोलेको क्लिप प्रयोग गरेर वातावरण बनाउन खोजेको उनको आरोप छ । सरकारसँग १६५ सांसद रहेको भन्दै उनले भने, ‘१६५ को सबल जत्थाले के भन्छ ? एमसीसी पास गर्ने कि फेल गर्ने ? किन चुप लागेको ?’
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4