Comments Add Comment

तीज गीतको भिडियोमा पहिलो पटक किन काम गरे पलले ?

नायक पल शाहले करिअरमा १५ सय भन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेका छन् । एक महिनामा मुश्किलले २–४ दिन मात्र खाली बस्ने पल हरेक दिन म्यूजिक भिडियोको छायांकनमा व्यस्त हुन्छन् । आधुनिक, पपदेखि लोकगीतका भिडियोमा समेत उनले काम गरिसकेका छन् । तर, पलले तीज गीतको भिडियोमा भने काम गरेका थिएनन् । तर, यो बर्ष भने उनले २ वटा तीजको गीतको भिडियोमा काम गरेका छन् ।

गायिका अनिता चलाउने र गायक खेम सुञ्चुरीको तीज गीतमा पहिलो पटक काम गरेका पल भन्छन्–‘मलाई राम्रो मानिसबाट अफर आयो भने काम गर्न रमाइलो लाग्छ । उसो त मैले सुरुमा गर्दिनँ नै भनेको थिएँ । तर, गीत सुनेपछि मन पर्यो र काम गरेँ ।’

पलले आफूलाई गतबर्षदेखि नै तीजका गीतबाट अफर आएपनि काम नगरेको बताए । तीजका गीतमा काम नगर्नुको कारणबारे उनले भने–‘तीजका गीतका लागि केही धेरै समय दिनुपर्छ । म अन्य गीतमा नै व्यस्त थिएँ । यसैले पनि काम गर्दिनँ भनेर नै बसेको हो । म आज यहीबाट मैले अस्विकार गरेका तीज गीतका निर्मातासँग माफी माग्न चाहन्छु ।’

पलले आगामी दिनमा राम्रो गीत लागेको खण्डमा काम गर्ने पनि सुनाए । पलले आफ्ना नजिकका साथी दुर्गेश थापाको ‘बीच्च बीच्चमा ५’ बोलको तीज गीतको भिडियोमा पनि काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment