Comments Add Comment

प्रचण्डलाई ओलीको जवाफ : एक–दुई बाल्टी पानीले आगो निभाएको पनि सम्झना रहोस्

२६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पुनर्स्थापित संसदको पहिलो बैठकमा माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिको संसदबाटै जवाफ दिएका छन् ।

मंगलबार संसदलाई सम्बोधन गरेका एमाले संसदीय दलका नेता ओलीले ‘माओवादी आगो हो’ भनेर प्रचण्डले दिएको अभिव्यक्तिको स्मरण गरे । उनले अघि भने, ‘उहाँले विगतमा देशमा लगाएको डढेलो म सम्झन्छु । उहाँ आगो हो थाहा छ । डढेलो लगाउनु हुन्छ ।’

यो पनि पढ्नुहोस ओलीलाई प्रचण्डको चेतावनी : आगोसँग खेल्नु राम्रो होइन

सरकार बन्दा नबन्दै प्रतिपक्षीलाई धम्की दिइएको भन्दै उनले अघि भने, ‘तर एक-दुई बाल्टी पानीले निभाएको पनि सम्झना रहोस् ।’ एमाले अध्यक्ष ओलीले यस्तो डढेलो निभाउन आफूहरुलाई आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment