Comments Add Comment

९ करोड लगानीमा नयाँ बानेश्वरमा हल खोल्दै दीपक–दीपा

नेपाली चलचित्र क्षेत्रमा ब्लकबस्टर चलचित्र दिएका निर्माता दीपकराज गिरी र उनको टिमले सिनेमा हलमा पनि लगानी गरेको छ । दीपकराज गिरी र उनको टिमसँगै अन्य केही व्यवसायीहरुको लगानीमा नयाँ बाँनेश्वरमा ९ करोड लगानीमा हल संचालन गर्ने तयारी गरिएको छ । अहिले यो हलको निर्माण काम भैरहेको छ ।

निर्माता तथा कलाकार दीपकराज गिरीले हल बन्द भैरहेको खबर आइरहेको समयमा हल खुल्न लागेको खबर सार्वजनिक हुँदा चलचित्र क्षेत्रमा सकारात्मक सन्देश जाने भएकाले पनि यो कुरालाई सार्वजनिक गरेको बताए । उनले भने–‘हल संचालन गर्ने भन्ने योजना त हाम्रो पहिलेदेखि नै हो । कोभिडको महामारी नभएको भए सायद दशैंसम्म हल संचालन पनि भैसक्थ्यो । तर, अब हाम्रो टार्गेट भनेको नयाँ बर्षलाई हो ।’

दीपकले आफूहरुले यही क्षेत्रबाट नै आम्दानी गरेकाले यही क्षेत्रमा नै लगानी गर्न लागेको बताए । उनले भने–‘हामी घरको खाना खाएपनि रेष्टुरेन्ट जान्छौं । मोबाइलमा चलचित्र हेरेपनि हलमा हेरेको जस्तो मज्जा आउँदैन । यही सोचेर नै हामीले हलमा लगानी गरेका हौं ।’

उनले, आफूहरुले निर्माताको भावना र पीडा पनि वुझेकाले पनि निर्माताहरुका लागि राम्रो गर्ने उद्देश्यले नै हल संचालन गर्न लागेको बताए । चलचित्र क्षेत्र सबैभन्दा बढी जोखिम भएको क्षेत्र हो । तर, यही क्षेत्रबाहेक अन्य क्षेत्रको आइडिया धेरै नभएकाले पनि यसमै लगानी गरेको दीपकले बताए । यो हलमा २ पर्दा रहनेछन् । जसमा २–२ सय सिट रहने दीपकले बताए । दर्शकले अत्याधुनिक प्रविधिमा चलचित्र हेर्न पाउने गिरीको भनाई छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment