+
+
Shares

अष्ट्रेलियाको मेलबर्नमा एक साता थपियो लकडाउन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २७ गते १२:०५

२७ साउन, काठमाडौं । अष्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो सहर मेलर्बनमा एक साताको लागि लकडाउन थपिएको छ ।

एकैदिन यो सहरका २० जना मानिसमा कोरोना संक्रमण देखिएसँगै मेलबर्नमा लकडाउन लम्ब्याउने निर्णय गरिएको हो । निकै संक्रामक मानिएको डेल्टा भेरियन्टसहितको संक्रमणले अष्ट्रेलियामा पछिल्लो समय कोरोना संक्रमण फैलिइरहेको छ ।

मेलबर्नमा यसअघि लगाइएको लकडाउन बिहीबारबाट सकिँदै थियो । तर, संक्रमण नियन्त्रणमा नआएको भन्दै अष्ट्रेलियाले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

मानिसहरुले कडा लकडाउनको विरोध गर्दै लकडाउन हटाउनुपर्ने माग गरिरहेका छन् तर बुधबार भिक्टोरियाका प्रिमियर डान एन्ड्र्युजले अगष्ट १९ सम्म लकडाउन जारी रहने घोषणा गरेका हुन् । उनले अहिले लकडाउन खुकुलो पारेको अवस्थामा संक्रमण झन् बढ्नै भन्दै लकडाउन जारी राख्नु जरुरी रहेको बताएका हुन् ।

अष्ट्रेलियाको सिड्नीमा बुधबार कोरोनाका ३४४ नयाँ संक्रमित फेला परेका छन् । कोरोना संक्रमण बढेसँगै सिड्नीमा लगाइएको लकडाउन नजिकैका अन्य क्षेत्रहरुसम्म लगाइएको छ ।

अहिलेसम्म अष्ट्रेलियामा ३७ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने संक्रमणको कारण ९४४ जनाको मृत्यु भएको छ । यसअघि कोरोना संक्रमण नियन्त्रणको लागि अष्ट्रेलिया सफल रहँदै आएको भए पनि पछिल्लो समय भने उल्लेख्य संख्यामा संक्रमण बढिरहेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?