Comments Add Comment

प्रतिबन्धित भारतीय नोटसहित एकजना पक्राउ

३२ साउन, रौतहट। प्रहरीले प्रतिबन्धित भारतीय नोटसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार दरभंगा कम्तौल बस्ने ४० वर्षीय सन्जित साह रहेका छन् ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले गौर नगरपालिका-५ मेनचौकबाट पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले प्रतिबन्धित २ हजार दरका ६९ थान गरी जम्मा १ लाख ३८ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment